
काठमाडौं । इण्डोनेसियन लिगा वानको नयाँ सिजन शुरु हुन केही दिन मात्र बाँकी रहँदा नेपालका चर्चित मिडफिल्डर रोहित चन्द आवद्ध पेर्सिक केडिरी भने प्रिसिजन म्याच र कडा अभ्यासमा व्यस्त छ ।
्त्यसैक्रममा पेर्सिकले आइतबार यसै सिजन दोस्रो डिभिजनको च्याम्पियन बन्दै इण्डोनेसियाको शिर्ष लिगमा बढुवा भएको नवआगन्तुक टोली पेर्सिस सोलोसँग मैत्रीपूर्ण फुटबल म्याच खेलेको छ ।
मेडियन, इस्ट जावा स्थित विलिस स्टेडियममा सम्पन्न सो खेल १–१ गोलको रोमाञ्चक बराबरीमा सकिएको छ । पेर्सिकका लागि ब्राजिलियन मिडफिल्डर रेनन सिल्वाले पेनाल्टीबाट गोल गरे । उता पेर्सिसका लागि ब्राजिलियन डिफेन्डर जैमर्सन सिल्वाले गोल गरेका थिए ।
खेलमा रोहितले टोलीको पहिलो रोजाईमा रहेर खेलेका थिए । स्मरण रहोस, इण्डोनेसियाको शिर्ष लिग यहि जुलाई २३ (शनिबार) तारीखदेखि शुरु हुँदैछ । गत सिजन बाली युनाइटेडले लिग उपाधि जितेको थियो ।
Full Time
— Persik Kediri (@persikfckediri) July 17, 2022
Persik Kediri 1-1 Persis Solo
⚽️ Renan Silva (P)#DinonePersik#Djajati#PersikKediri pic.twitter.com/xKYI9pZ00J