
काठमाडौं । यहि भाद्र २१ गतेदेखि शुरु हुन गईरहेको महिला साफ च्याम्पियनसिपका लागि नेपाली महिला फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ । मुख्य प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय राष्ट्रिय महिला फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरेका हुन् ।
स्मरण रहोस, प्रतियोगिता अन्तरगत समूह बी मा परेको नेपालले भुटान र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले प्रतियोगिताको उद्घाटन खेलमै भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यस्तै भाद्र २७ गतेका दिन श्रीलंकासँग खेल्नेछ ।
समूह ए मा साविक विजेता भारतसँगै बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने असोज ३ गतेका दिन हुनेछ ।
नेपाल राष्ट्रिय महिला फुटबल टोलीः
गोलकिपर्सः अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर्सः हिरा कुमारी भुजेल, अमृता जैसी, गीता राना, पुनम जर्घा मगर, निशा थोकर, समिक्षा घिमिरे, बिमला बिक
मिडफिल्डर्सः बिमला चौधरी, मन्जली कुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दिपा राई, दिपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्डसः अमिषा कार्की, रेखा पौडेल, साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ