बुटवल । बडा दशैंको शुभ अवसरमा स्वास्थ्य पेशामा आवद्ध रहेकाहरुबीच भाईचारा कायम गर्ने उद्देश्यका साथ आयोजित दोस्रो दि फार्मा कप फुटसल प्रतियोगिताको उपाधि साविक विजेता देवदह मेडिकल कलेजले जितेको छ ।
शनिबार बुटवल स्थित ग्रीनफिल्ड फुटसल मैदानमा भएको उपाधि भिडन्तमा देवदहले मुनाल मेडिसिज डिष्ट्रिब्युटर्सलाई ८–२ को फराकिलो अन्तरले हराउँदै लगातार दोस्रोपटक च्याम्पियन बनेको हो ।
विजेता बनेको देवदहले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता मुनाल मेडिसिनले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको प्रतियोगिता संयोजक प्रयोग राईले जानकारी दिए ।
प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी युनिर्भसल कलेज अफ मेडिकल साइन्स (यसिएमएस) का बिशाल खड्का चुनिए । उत्कृष्ट गोलरक्षक देवदहका विवेक श्रेष्ठ बन्दा सर्वाधिक गोलकर्ताको पुरसकार पनि देवदह कै निरन्जन अर्यालले हात पारे । त्यस्तै यसिएमएस प्रतियोगिताको फेयर प्ले टिम बन्यो । उत्कृष्ट बनेका सबैले जनही २ हजारसहित ट्रफी हात पारे ।
विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ न्युरो सर्जन के.आई.सिंह, अतिथीहरु इक्साईड फार्मेसीका बुद्धि ज्ञवाली, नेपाल फार्मास्युटिकल्सका रिजनल सेल्स म्यानेजर लिला नन्द चौधरी, मार्क फर्मुलेसन्सका एरिया सेल्स म्यानेजर राजेश थापा, प्रायोजकहरु सुप्रम कलर्सका प्रकाश चुडारा, क्युटेक स्नुकरका गजेन्द्र श्रेष्ठ लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै प्रतियोगिता संयोजक प्रयोग राईले प्रतियोगितालाई लगातार दोस्रोपटक सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद र आभार प्रकट गरे । साथै उनले आगामी दिनहरुमा पनि यस्तै सहयोग र साथको अपेक्षा गरेको पनि बताए ।
त्यस्तै प्रतियोगिता कै मूल संयोजक समेत रहेका प्रदिप योञ्जनले सबैको साथ र सहकार्य मै प्रतियोगिता सम्पन्न गर्न आफूहरुलाई सहज भएको बताए । स्वास्थ्य पेशामा रहेर पनि खेलकुदका लागि केही समय छु्ट्याई सहयोग पुर्याउने सबैप्रति उनले धन्यवाद दिए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने