News
बंगलादेश र रसियाबीचको खेलमा नेपालकी अन्जना र राधिका निर्णायक
काठमाडौं । बंगलादेशमा जारी साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपाली टोलीले मात्र नभई नेपाली रेफ्रीहरुले पनि सहभागिता जनाईरहेका छन् । यसैक्रममा बुधबार भएको आयोजक बंगलादेश र पाहुना टोली रसिया बीचको पहिलो खेलमा नेपालका दुई महिला रेफ्रीले निर्णायकको भूमिका निर्वाह गरेका छन् ।
खेलमा नेपालकी महिला फिफा रेफ्री अन्जना राईले सेन्टर रेफ्रीको भूमिका निर्वाह गरेकी थिईन् भने राधिका शाक्यले सहायक रेफ्रीको भूमिका निर्वाह गरेकी थिईन् ।
स्मरण रहोस, सो खेलमा रसियाले बंगलादेशलाई ३–० ले हराउँदै विजयी शुरुवात गर्यो । बुधबार नै भएको दोस्रो खेलमा नेपालले भुटानमाथि ५–० को जित दर्ता गरेको थियो । नेपालले चैत १२ गतेका दिन रसियासँग खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल