News
छैठौं मौनाबुधुक खादले सिद्धदेवी आमन्त्रित गोल्डकप आजदेखि
धनकुटा । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ रामनवमी मेलाको अवसर पारी आजेखि छैठौं मौनाबुधुक खादले सिद्धदेवी आमन्त्रित गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु हुँदैछ ।
सीसीडिआईसी फुटबल क्लबको आयोजनामा यही चैत १६ गतेसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि आयोजकले जानकारी दियो । चौबिसे गाउँपालिका ७ नम्बर वार्ड कार्यालयको मुख्य प्रायोजन तथा मुस्ताङ बियरको सह–प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।
त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
त्यस्तै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर गोलनेपाल डटकम रहेको छ । र प्रतियोगिताको सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा