
काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनौटको दोस्रो चरणको छनौट खेलहरुको लागि नेपाली यु–२० महिला फुटबल टोली तयार पार्न ३२ खेलाडीहरुलाई प्रारम्भिक टोलीमा समावेश गरिएको छ । मुख्य प्रशिक्षक यम प्रसाद गुरुङले सोमबार प्रारम्भिक टोलीमा परेका खेलाडीहरुको नामावली घोषणा गरेका हुन् ।
बन्द प्रशिक्षण चैत २१ गतेदेखि शुरु हुने पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । स्मरण रहोस, छनौट प्रतियोगिताको दोस्रो चरणतर्फ समूह बी मा परेको नेपालले चीन, म्यानमार र चाईनिज ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ । छनौट प्रतियोगिता अर्को वर्षको जेठ २० देखि २८ गतेसम्म हुनेछ । आयोजनास्थलबारे भने अझै टुंगो लागिसकेको छैन ।
समूहको शिर्ष दुईभित्र पर्न सके नेपाल एएफसी यु–२० महिला एसियन कपका लागि छनौट हुनेछ । यसअघि नेपालले पहिलो चरणमा प्यालेस्टाईन र नर्दन मारियाना आइल्याण्डलाई हराउँदै दोस्रो चरणमा स्थान बनाउन सफल भएको थियो ।
प्रारम्भिक नेपाली यु–२० महिला फुटबल टोलीः
गोलकिपर्सः कबिता बिक, सुजाता तामाङ, लिला जोशी, सबिता किशन, पुजा थापा
डिफेन्डर्सः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यसमाली मगर, प्रतिक्षा चौधरी, गंगा रोकाया, कुमारी तामाङ
मिडफिल्डर्सः तुलसा बोहरा, सुस्मा जिटी, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मचामसी, सरस्वती हमाल, हिमा रावत, मनिषा सेन, दिपा शाही, बिर्सना चौधरी
फरवार्डसः गरिमा राई, अमिषा कार्की, ममता पुन, सन्दिपा भोलन, सेनु परियार, बर्षा ओली
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)