लिक्मा । ‘खेलौँ फुटबल रमेर, फुटबलको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ यही चैत २१ गतेदेखि शुरु हुन गईरहेको तेस्रो जगशक्ति गोल्ड टिएमटी सुदूरपश्चिम गौरीगंगा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
गौरीगंगा नगरपालिका–८, कैलाली स्थित आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा चैत २१ गतेका दिन आयोजक गौरीगंगा–११ र डोटी भिड्ने छन् । कुल १० टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल भने चैत ३० गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेता २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष दिनेश कलेलले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष कलेलले जानकारी दिए ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने