News
अन्ततः रेलिगेशनमा पर्यो सरस्वती

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको शुरुवातबाटै कमजोर देखिएको सरस्वती युथ क्लब यस सिजन रेलिगेशनमा पर्ने एक्लो टोली बनेको छ ।
ए डिभिजन लिगमा १२ बर्षसम्म रमाएको सरस्वतीले सोमबार महत्वपुर्ण मानिएको खेलमा च्यासल युथ क्लबसँग २–१ को हार बेहोर्यो । च्यासलको जितमा दुवै गोल जापानी खेलाडीले गरे ।
पहिलो गोल १८औं मिनटमा तायगा नाकामुराले गरे भने दोस्रो गोल ६८औं मिनटमा हायातो आकिनोले गरे । उता सरस्वतीका लागि एक मात्र गोल खेलको अन्तिमतिर काजिमले गरेका थिए ।
लिगमा सरस्वतीको यो दशौं हार थियो र लिगमा एक खेल खेल्न बाँकी रहँदा सरस्वती १२ खेलबाट केवल ४ अंकका साथ पुछारमा रह्यो । सरस्वतीभन्दा माथि ८–८ अंक जोडेका बीबीसी र एपिएफ रहे ।
त्यस्तै उता जित हात पारेको च्यासल भने १५ अंकका साथ आठौं स्थानमा छ ।
Post Comments