
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अफ्रिकी मुलुक सिएरा लियोनलाई अन्तर्राष्ट्रिय फुटबलमा कुनै पनि किसिमको गतिविधी गर्न नपाउने गरी निलम्बन लगाएको छ ।
बीबीसीका अनुसार फिफाले यो निलम्बन सिएरा लियोनमा सरकारी हस्तक्षेप पछि लिइएको बताइएको छ । देशको एन्टी करप्सन कमिसन (एसीसी) ले सिएरा लियोन एफएको दुई कार्यालयमा कारवाही प्रक्रिया अगाडी बढाएपछि फिफाले तत्काल लागु हुने गरी सिएरा लियोनलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाएको हो ।
यद्यपि फिफाले सिएरा लियोन एफए र सरकारी पक्षबीच सबै आर्थिक लगायतका कुराहरुको समस्या समाधान भएपछि निलम्बन फुकुवा हुने समेत स्पष्ट पारेको छ ।
यहि अक्टुबर ११ सम्म सिएरा लियोनमाथिको निलम्बन फुकुवा उसले अफ्रिका कप अफ नेशन्स २०१९ को छनौट खेलतर्फ घाना विरुद्ध खेल्न पाउने छैन । छनौट चरणतर्फ सिएरा लियोन, घाना, केन्या र इथियोपियासँगै समूह एफमा रहेको छ र चारै टोलीको समान ३–३ अंक रहेको छ । सिएरा लियोन फिफा वरियताको ११४ औं स्थानमा छ ।
Fifa has suspended Sierra Leone 'with immediate effect'.
— BBC Sport (@BBCSport) October 5, 2018
Full story: https://t.co/HL4U54xykd pic.twitter.com/6fI0S5k4Et