News मच्छिन्द्र लिग उपाधिभन्दा एक जित टाढा
गोलनेपाल

काठमाडौं । मच्छिन्द्र क्लब जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको उपाधि नजिक पुगेको छ । सोमबार भएको खेलमा मच्छिन्द्रले संकटा क्लबलाई ३–१ ले हराउँदै लिग उपाधि नजिक पुगेको हो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रका लागि प्लेयर अफ द म्याच समेत घोषित देवेन्द्र तामाङले ४४औं मिनटमा गोलको खाता खोलेका थिए । त्यस्तै दोस्रो हाफको ६४औं मिनटमा बिशाल राई बी ले त्यो अग्रता दोब्बर पारे भने ८२औं मिनटमा दिपक राईले मच्छिन्द्रका लागि तेस्रो गोल गरे ।

उता पराजित संकटाका लागि ८९औं मिनटमा मेसुकेले एक गोल फर्काए । तर त्यो गोल संकटाको हार टार्न अप्रर्याप्त र अबेर साबित भईसकेको थियो ।

यो जितपछि मच्छिन्द्रको १२ खेलबाट २८ अंक भएको छ र लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको आर्मीको २६ अंक छ र आर्मीले एक खेल कम खेलेको छ ।

साथै आर्मीले मंगलबार नै बीबीसीको सामना गर्दैछ । त्यो खेल जिते आर्मी २९ अंकका साथ फेरि शिर्ष स्थानमा उक्लिनेछ । त्यसपछि आर्मी र मच्छिन्द्रबीच फागुन ३ गतेका दिन लिगको निर्णायक भिडन्त हुनेछ ।

जुन खेलको नतिजाबाटै लिगको नयाँ विजेताको टुंगो पनि लाग्नेछ । उता डिफेन्डिङ च्याम्पियन मनाङको पनि ११ खेलबाट २२ अंक छ र लिगतालिकाको तेस्रो स्थानमा छ ।

Post Comments