News दोस्रो भूपू सैनिक भेट्रान्स कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

बुटवल । भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारीको आयोजना यही चैत २६ देखि बैशाख १ गतेसम्म हुन गईरहेको दोस्रो भूपू सैनिक भेट्रान कप एट ए साईड राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । बुटवल–१३, सालघारी स्थित जवई खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा चैत २६ गतेका दिन आयोजक भूपू सैनिक भेट्रान (ए), बुटवल र भलुही भेट्रान, भलुहीबीच हुनेछ ।

रुपन्देही, काठमाडौं, कास्की, स्याङ्जा, चितवन, मकवानपुर र नवलपरासीका गरी कुल १६ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिए ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष पुनले बताए ।

स्वस्थ्य मनोरञ्जन, आपसी भाईचारा कायम गर्ने र नेपाली नयाँ वर्ष उल्लासमय रुपमा मनाउने उद्देश्यका साथै आयोजक क्लबले हरेक वर्ष प्रतियोगिता भव्यताका साथ आयोजना गर्दै आईरहेको छ ।

Post Comments