News सुर्यनगर गोल्डकपः फर्साटिकर क्वाटरफाइनलमा
गोलनेपाल

बर्दघाट । प्रतिस्पर्धात्मक जितका साथ फर्साटिकर युवा क्लब, रुपन्देही जारी पाँचौं सुर्यनगर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बर्दघाट नगरपालिका–१६ स्थित सुर्यनगर रंगशालामा माघ २७ गते सोमबार भएको खेलमा फर्साटिकरले अभिषेक चर्च, नवलपुरलाई पेनाल्टी शुटआउटमा ४–२ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

पेनाल्टी शुटआउटमा विपक्षीको दुई प्रहार रोकेका फर्साटिकरका गोलरक्षक शुभांकर जिसी खेलको म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत माघ २८ गते मंगलबारको खेल आयोजक नव युवा क्लब, सुर्यनगर र पाल्पा–११ बीच हुनेछ ।

नव युवा क्लब, बर्दघाट–१६, सुर्यनगरको आयोजना तथा बर्दघाट नगरपालिकाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने फागुन ७ गते हुनेछ ।

 

Post Comments