News
चन्द्र स्मृति कपको तयारी पूरा (खेलतालिकासहित)
मेहेलकुना । श्रृजनशील युवा क्लब, मेहेलकुनाको आयोजनामा बैशाख २ गते शनिबारदेखि शुरु हुन गईरहेको चन्द्र स्मृति कपको तयारी पूरा भएको छ ।
आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । सुर्य ज्योति माविको खेलमैदानमा हुने प्रतियोगिताको पहिलो दिन तीन खेलहरु हुनेछन् । उद्घाटन खेलमा बिहान ८ बजे गुमी चुली र गुर्भाकोट १२ भिड्ने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले २ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १९ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल बैशाख ८ गतेका दिन हुनेछ ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ ।
Post Comments
Related News
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- वीरेन्द्रनगरलाई कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कपको उपाधि
- वीरेन्द्रनगर र जुम्लाबीच फाइनलमा उपाधि भीडन्त तय
- पञ्चपुरी र सिम्ताको जीतसँगै सेमीफाइनल समीकरण पूरा
- कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप : वीरेन्द्रनगर र जुम्ला सेमिफाइनलमा