News
पार्टी इभेन्ट बुटवलको आयोजनामा खुला फुटसल प्रतियोगिता हुने
बुटवल । पार्टी इभेन्ट बुटवल, रुपन्देहीको आयोजनामा यही बैशाख २२ र २३ गतेका दिन प्रथम खुला फुटसल प्रतियोगिता हुने भएको छ । मोनालिसा फुटसलमा हुने प्रतियोगिताको आवश्यक तयारी र टिमदर्ता पनि खुला गरिएको प्रचार प्रसार संयोजक आशिष पुनले जानकारी दिए ।
प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक टोलीहरुका लागि बैशाख २१ गतेसम्म टिम दर्ता खुला गरिएको आयोजकका अर्का सदस्य मनिष श्रेष्ठले बताए । साथै उनले टिमदर्ता शुल्क २५ सय तोकिएको पनि जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक बारिश रानाले बताए । साथै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक रानाले जानकारी दिए ।
Post Comments
Related News
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने