News
चन्द्र स्मृति कपको फाइनल खेल सर्यो
मेहेलकुना । यहाँ जारी चन्द्र स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको शुक्रबार हुने भनिएको आयोजक श्रृजनशील युवा क्लब (सेतो) र आरसी ३२ एकेडेमीबीचको फाइनल खेल स्थगित भएको छ ।
प्रतिकुल मौसमका कारण शुक्रबार हुने भनिएको फाइनल खेल स्थगित गर्नुपरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार अब उक्त फाइनल खेल बैशाख ९ गते शनिबार दिनको १ बजेदेखि शुरु हुने पनि आयोजकले जानकारी दियो ।
श्रृजनशील युवा क्लब, मेहेलकुनाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले २ लाख १ हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- वीरेन्द्रनगरलाई कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कपको उपाधि
- वीरेन्द्रनगर र जुम्लाबीच फाइनलमा उपाधि भीडन्त तय
- पञ्चपुरी र सिम्ताको जीतसँगै सेमीफाइनल समीकरण पूरा
- कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप : वीरेन्द्रनगर र जुम्ला सेमिफाइनलमा