
बुटवल । माउण्ट स्टार क्लब र शिवपुर फुटबल क्लब यहाँ जारी प्रथम माउण्ट स्टार कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।
शुक्रबार भएको सेमिफाइनल भिडन्ततर्फ माउण्ट स्टारले मर्निङ एफसीलाई टाईब्रेकरमा हरायो । नहरपुर माविको खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल १–१ को बराबरीमा टुंगिएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा भने माउण्ट स्टारले नतिजा २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
त्यस्तै अर्को सेमिफाइनलमा शिवपुरले आहना एफसीलाई टाईब्रेकर मै समान २–१ को अन्तरले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
फाइनल खेल यही बैशाख ९ गते शनिबारका दिन माउण्ट स्टार क्लब र शिवपुर एफसीबीच हुने प्रतियोगिता संयोजक बिनोद गौतमले जानकारी दिए ।
गुड मर्निङ एफसी, बुटवलको आयोजना तथा माउण्ट स्टार क्लब, बुटवलको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक गौतमले बताए ।