मुर्गिया । शनिबारदेखि शुरु भएको प्रथम सैनामैना नगरस्तरीय फुटसल कप प्रतियोगिताको पहिलो दिन सेमिफाइनल समिकरण पूरा भएको छ । सैनामैना–३, मुर्गिया स्थित कृपा फुटसलमा भएको पहिलो दिनको खेल पश्चात् पोल ए बाट शान्तिदिप युवा क्लब र न्यु बर्मा युथ क्लब सेमिफाइनलमा भिड्ने छन् भने पोल बी बाट आयोजक मुर्गिया एफसी ए र एसकेएस ट्याटु भिड्ने प्रतियोगिता संयोजक राकेश गुरुङ्गले जानकारी दिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र शर्माले गरेका थिए । सो अवसरमा सैनामैना नगर खेलकुद विकास समितिका अध्यक्ष खिम श्रेष्ठ लगायतका अन्य अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।
खेल संयोजक राकेश गुरुङ्गका अनुसार प्रतियोगिताको दुई सेमिफाइनल र फाइनल खेल बैशाख १० गते आइतबारका दिन हुनेछ । सैनामैना नगरपालिकाको विशेष सहयोग तथा सैनामैना नगर खेलकुद विकास समिति, रुपन्देहीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुङ्गले बताए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने