News
आरसी ३२ एफएलाई चन्द्र स्मृति कपको उपाधि
मेहेलकुना । चन्द्र स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आरसी ३२ फुटबल एकेडेमी, सुर्खेतले जितेको छ । शुक्रबार हुने भनिएको फाइनल खेल अन्तिम समयमा आएर प्रतिकुल मौसमका कारण एक दिन पछि सारिएको थियो ।
जसअन्तरगत शनिबार सुर्य ज्योति माविको खेलमैदानमा भएको उपाधि भिडन्तमा आरसी ३२ ले आयोजक श्रृजनशील युवा क्लबलाई २–१ ले हराउँदै विजेता बन्न सफल भएको हो । विजेता बनेको आरसी ३२ एफएले उपाधिसहित नगद ३ लाख ५१ हजार हात पार्यो भने उपविजेता श्रृजनशीलले २ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी उप–प्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्का लगायतका अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।
श्रृजनशील युवा क्लब, मेहेलकुनाको आयोजनामा भएको प्रतियोगितामा कुल १९ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- वीरेन्द्रनगरलाई कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कपको उपाधि
- वीरेन्द्रनगर र जुम्लाबीच फाइनलमा उपाधि भीडन्त तय
- पञ्चपुरी र सिम्ताको जीतसँगै सेमीफाइनल समीकरण पूरा
- कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप : वीरेन्द्रनगर र जुम्ला सेमिफाइनलमा