
बिर्तामोड । मिक्लाजुङ गाउँपालिका, मोरङ यहाँ जारी प्रथम प्रदेशस्तरीय महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ मिक्लाजुङले महमाई एकता क्लब, इलामलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
महेन्द्र ज्योति माविको खेलमैदानमा भएको खेलको आठौं मिनटमा पुर्णिमा राईले पेनाल्टीबाट गरेको एक मात्र गोल मिक्लाजुङलाई सेमिफाइनलमा पुर्याउन निर्णायक गोल बन्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी मिक्लाजुङकी गोलरक्षक पवित्रा लिम्बु प्लेयर अफ द म्याच घोषित भईन । त्यसवापत उनले नगद ३ हजार र ट्रफी हात पारिन् ।
प्रतियोगिता अन्तरगत बैशाख ११ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल नमो बुद्ध युवा क्लब, सप्तरी र ताप्लेजुङ फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।
कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख १६ गतेका दिन हुनेछ ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)