काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आगामी साफ च्याम्पियनसिपको तयारी स्वरुप फुटबल खेलाडीहरुलई यही बैशाख १८ गतेका दिन दोस्रोपटक रणनीतिक प्रशिक्षण तालिम दिने भएका छन् । प्रशिक्षक एनेसले यसअघि बैशाख १ गतेका दिन खेलाडीहरुलाई पहिलोपटक रणनीतिक प्रशिक्षण दिएका थिए ।
प्रशिक्षक एनेसले प्रशिक्षण कार्यक्रममा २८ खेलाडीहरुलाई बोलाएका छन् । सम्भवत साफ च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणमा पनि यीनै खेलाडीहरु पर्ने सम्भावना पनि प्रबल छ । एन्फाका अनुसार उक्त प्रशिक्षण कार्यक्रम दशरथ रंगशालामा हुनेछ ।
स्मरण रहोस, प्रतिष्ठित साफ च्याम्पियनसिप यस वर्ष यही असार ६ देखि १८ गतेसम्म भारतको बैंगलुरुमा हुँदैछ । भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो भने नेपाल उपविजेता रहेको छ ।
प्रशिक्षणमा बोलाइएका २८ खेलाडीहरुः
गोलकिपर्सः किरन चेम्जोङ, अनिश देउला, दिप कार्की
डिफेन्डर्सः सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, बिक्रम लामा, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन
मिडफिल्डर्सः पुजन उपरकोटी, एरिक बिष्ट, नविन लामा, मणि कुमार लामा, दिपेश गुरुङ, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने
फरवार्डसः आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन बिष्ट, मनिष डाँगी, आशिष चौधरी, बिमल घर्ती मगर, जिलेस्पी जंग कार्की
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान