News
एसइइ फुटसल कप जेठ पहिलो सातादेखि
काठमाडौं । एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेण्ट कलेजको आयोजनामा आउँदो जेठ ६ गतेका दिन एसइइ फुटसल कप हुने भएको छ । आयोजक कलेज कै फुटसल एरिनामा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिसकेको आयोजकले जानकारी दियो ।
त्यस्तै प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३ हजार तोकिएको छ । इच्छुक टोलीहरुलाई टिमदर्ता गर्ने अन्तिम मिति यही बैशाख ३१ गतेसम्म तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि