झापाको बिर्तामोडमा आजदेखि तेस्रो न्यू स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुँदैछ ।
उद्घाटन खेलमा आयोजक न्यू स्टार क्लब र ताप्लेजुङ जिल्ला फुटबल संघसँग प्रतिस्पर्धा गर्दैछ । बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा सञ्चालन हुने गोल्डकपको विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी पाउने छ ।
क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बूका अनुसार गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको उपविजेताले नगद १ लाख १ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । यस्तै, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, गोल्डकपकै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५-५ हजार पाउने अध्यक्ष लिम्बूले जानकारी दिए । यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद ३ हजारसहित ट्रफी पाउँदा फाइनल खेलको म्यान अफ दी म्याचले नगद ५ हजार ट्रफी पाउने छ ।
प्रतियोगितामा बराह ११ सुनसरीले डिएसए भुटान, रेड हर्ष एफसी इलामले युकेएफसी भारत र जनसहयोग युथ क्लब मोरङले सप्तरीको नवबुद्ध युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
जेठ ६ गते फाइनल खेल हुने गोल्डकपको प्रत्यक्ष प्रशारण गोलनेपाल डटकमबाट हुनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा