News
ल्याब, एपिएफ र नेपाल पब्लिकको जित

भक्तपुर । सैनिक आवासीय महाविद्यालय, भक्तपुरको आयोजनामा जारी १९औं १९औं सैनिक आवासीय महाविद्यालय रनिङ्ग कप विद्यालयस्तरीय फुटबल प्रतियोगितामा शनिबार तीन खेलहरु सम्पन्न भएका छन् ।
सैनिक स्कुलको खेलमैदानमा भएको दिनको पहिलो खेलमा ल्याब स्कुलले शानदार जित हात पार्ने क्रममा हाइली क्रेटिभ स्कुलमाथि ६–१ को जित निकाल्यो । त्यस्तै दोस्रो खेलमा नेपाल एपिएफ स्कुलले डिभाइन लाईट स्कुललाई शून्यका विरुद्ध ७ गोलको फराकिलो अन्तरले हरायो भनेै तेस्रो खेलमा नेपाल पब्लिक स्कुलले आयोजक सैनिक आवासीय महाविद्यालय (बी) लाई २–१ ले निराश तुल्यायो ।
प्रतियोगितामा १२ विद्यालयका कुल १३ टोलीहरु सहभागि छन् । सहभागि टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
Post Comments