News
उपाधिका लागि आयोजक सैनिक ए र नेक्सस संकटा भिड्ने
काठमाडौं । १९औं सैनिक आवासिय महाविद्यालय रनिङ कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको फाइनलमा आयोजक सैनिक स्कुल (ए) र नेक्सस संकटा इन्टरनेशनल स्कुल भिड्ने भएका छन् ।
सोमबार भएका प्रतियोगिताको दुई कडा प्रतिस्पर्धात्मक सेमिफाइनल खेलहरुमा आ–आफ्नो खेल जित्दै आयोजक स्कुल र नेक्सस संकटा उपाधि नजिक पुगेका हुन् ।
आयोजक सैनिक स्कुलको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा सैनिक आवासिय महाविद्यालयले ल्याबोरेटरी स्कुललाई २–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गर्यो । त्यस्तै दोस्रो सेमिफाइनलमा नेक्सस संकटाले दावेदार नेपाल एपिएफ स्कुललाई ३–२ ले हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो ।
सैनिक आवासिय महाविद्यालयको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल यही जेठ ११ गतेका दिन हुने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन