News
एन्फा र बी डिभिजन क्लब प्रतिनिधीहरुबीच बैठक, निर्णय भने निस्किएन
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र बी डिभिजन क्लबका प्रतिनिधीहरुबीच मंगलबार समसामयिक विषयबारे बैठक भए तापनि निर्णय भने निस्किन सकेन । सातदोबाटो स्थित एन्फा मुख्यालयमा बसेको बैठक एन्फा पक्षबाट सकरात्मक रुपमा सकिएको बताइएको छ ।
यद्यपि बैठकले ठोस निष्कर्ष भने निकाल्न सकेन । साथै यसबारे छिटै अर्को बैठक बस्ने पनि एन्फाले जनाएको छ । पटक–पटक बी डिभिजन लिगको मिति घोषणा गर्दै आइए तापनि प्रतियोगिता सञ्चालन अहिलेसम्म हुन सकेको छैन । लिग आयोजनाबारे मंगलबार बसेको बैठकले पनि अन्तिम निष्कर्ष निकाल्न नसकेपछि बी डिभिजन लिग आयोजना अझै अनिश्चित बनेको छ ।
बैठकमा एन्फा अध्यक्ष पंक्रज विक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष बिर बहादुर खड्का, उपाध्यक्ष दिपक खतिवडा, महासचिव किरन राई, कोषाध्यक्ष रविन्द्र जोशी तथा बी डिभिजन लिगका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)