News
समापनको संघारमा लिगले पायो मुख्य प्रायोजक
काठमाडौं । घरेलु फुटबलको मेरुदण्डका रुपमा रहेको शहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणको खेलहरु मात्र बाँकी रहँदा प्रतियोगिताको मुख्य प्रायोजकको टुंगो लागेको छ । लिगको यसअघि पनि मुख्य प्रायोजक रहेको कतार एयरवेजले समापनको संघारमा फेरि प्रायोजन गरेको हो ।
स्मरण रहोस, लिगमा यस सिजन चर्च ब्वाईज युनाइटेड लिग विजेता बनिसकेको छ । र अन्तिम चरणको खेलहरुतर्फ अब १० म्याचहरु मात्र बाँकी छन् । सम्झौता अनुसार कतार एयरवेजले एन्फासँग दुई सिजनका लागि प्रायोजन सम्झौता गरेको छ ।
एयरवेजले सम्झौतावापत यस सिजन ५० हजार अमेरिकी डिलर दिनेछ भने अर्को सिजन १ लाख ५० हजार अमेरिकी डलर दिने बताइएको छ । योसँगै लिगको नाम पनि कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग हुने पक्का भएको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)