
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणको खेलतर्फ जेठ २७ गते शनिबार हुने जावलाखेल युथ क्लब र थ्रीस्टार क्लबबीचको खेलमा साधारण प्यारापिटतर्फ दर्शकहरुलाई प्रवेश निःशुल्क गरिएको लिगको आधिकारिक मिडिया पार्टनर एमडिएसी स्पोर्टसले जनाएकोे छ ।
ए डिभिजनको लिगको उपाधि चर्च ब्वाईज युनाइटेडले यसअघि नै जितिसकेको छ । साथै चर्च ब्वाईजले लिगको अन्तिम खेलमा शुक्रबार खुमलटारलाई २–० ले पराजित गर्यो । यद्यपि विजेता टोलीलाई ट्रफी, वितरण र समापन कार्यक्रम शनिबार गर्ने योजना अनुसार जावलाखेल र थ्रीस्टार बीचको खेलमा प्रवेश निःशुल्क गरिएको हो ।
स्मरण रहोस, दशरथ रंगशालामा ५ः३० बजेदेखि शुरु हुने उक्त खेल थ्रीस्टार क्लबका लागि अति नै महत्वपूर्ण पनि छ । सो खेल थ्रीस्टारलाई रेलिगेशनबाट जोगिने निर्णायक खेलका रुपमा समेत रहेको छ । साथै शनिबार रेलिगेशनमा पर्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । खुमलटार भने शुक्रबार मात्र रेलिगेशनमा पर्ने पहिलो टोली बनेको थियो ।
<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fsportsmdac%2Fposts%2Fpfbid0r9YoGgj2tbkcxU8aPL4JRMcbtPkHp6Y6ZwcMjia7e8dztHHZ3KnfKHGArhZwhBTAl&show_text=true&width=500" width="500" height="625" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>