News
थापागाउँ, बौद्ध र तकामी भेट्रानको जित
काठमाडौं । थापागाउँ भेट्रानले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा बुधबार जित हात पारेको छ । चन्द्रविनायक पार्क, चावहिल मैदानमा भएको खेलमा थापागाउँले चावहिल भेट्रान ‘ए’ लाई ४–१ गोलले पराजित गर्यो ।
थापागाउँका लागि हरिहर थापा, धनवीर चौधरी, शशि गौतम र प्रवेशजंग थापाले १–१ गोल गरे । उता पराजित चावहिलका लागि अजब श्रेष्ठले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा बौद्ध भेट्रान र तकामी पनि विजयी भए । बौद्धले एजेलाई ३–१ गोलले हरायो । बौद्धका धर्मेन्द्र लमाले ह्याट्रिक गरे । एजेका रवि थापा मगरले १ गोल फर्काए । तकामीले किङकोम स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पाखा लगायो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै