News
थापागाउँ, बौद्ध र तकामी भेट्रानको जित
काठमाडौं । थापागाउँ भेट्रानले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा बुधबार जित हात पारेको छ । चन्द्रविनायक पार्क, चावहिल मैदानमा भएको खेलमा थापागाउँले चावहिल भेट्रान ‘ए’ लाई ४–१ गोलले पराजित गर्यो ।
थापागाउँका लागि हरिहर थापा, धनवीर चौधरी, शशि गौतम र प्रवेशजंग थापाले १–१ गोल गरे । उता पराजित चावहिलका लागि अजब श्रेष्ठले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा बौद्ध भेट्रान र तकामी पनि विजयी भए । बौद्धले एजेलाई ३–१ गोलले हरायो । बौद्धका धर्मेन्द्र लमाले ह्याट्रिक गरे । एजेका रवि थापा मगरले १ गोल फर्काए । तकामीले किङकोम स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पाखा लगायो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि