News
एसियन गेम्सको महिला फुटबलमा नेपालले पनि खेल्ने
काठमाडौं । चीनको हाङझुमा हुने प्रतिष्ठित १९औं एसियन गेम्सको महिला फुटबलतर्फ नेपाली महिला फुटबल टोलीले पनि सहभागिता जनाउने भएको छ ।
त्यसका लागि नेपाली टोली तयार पार्न मुख्य प्रशिक्षक अनन्त राज थापाको प्रशिक्षकीय जिम्मेवारीमा प्रशिक्षण र छनौट कार्यक्रम पनि शुरु गरिएको छ ।
एसियन गेम्स आगामी सेप्टेम्बर २३ तारीखदेखि ८ अक्टुबरसम्म चीनको हाङ्झु शहरमा हुँदैछ । यसअघि यो प्रतिष्ठित एसियाली खेलमहोत्सव गत वर्ष हुने भनिए तापनि कोरोना महामारीका कारण स्थगित भएको थियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)