
भन्सार । राष्ट्रिय विभुती आदिकवि भानुभक्त आचार्यको २१०औं जन्म जयन्तीको अवसर पारी आउँदो असार २९ गतेदेखि १६औं भानु कप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।
भन्सार बजार स्थित क्षेत्रीय भानु रंगशालामा हुने प्रतियोगिताको यही जेठ १५ देखि २७ गतेसम्म टिमदर्ता पनि खुला गरिएको आयोजकले जानकारी दियो । टिमदर्ता शुल्क १०,२१०+२००० तोकिएको पनि आयोजकले जनाएको छ ।
भन्सार युवा परियार, भिमसेन युवा क्लब र सालविस्ने युवा क्लब, भानु–१, भन्सार, तनहुँको संयुक्त आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२५,२१० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,१२,२१० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यसैगरी सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि जनही २०,२१० रुपैयाँका दरले पुरस्कृत गरिने आयोजकले जानकारी दियो । त्यसवाहेक व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
छेलो र बाघचाल खेल पनि हुने
त्यस्तै सोही अवसरमा छेलो खेल र बाघचाल खेल पनि हुने आयोजकले जानकारी दियो । छेलो र माघचालतर्फ विजेता बन्ने खेलाडीले नगद ५,२१० रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । साथै दर्ता शुल्क २१० रुपैयाँ तोकिएको पनि आयोजकले जानकारी दियो ।