काठमाडौं । अमेरिकामा रहेका नेपाली समुदायहरुबीच आगामी जुलाई १ देखि ३ तारीखसम्म छैठौं एनएसी सकर च्याम्पियनसिप हुने भएको छ । अमेरिकामा रहेका नेपाली समुदायहरुले आयोजना गर्ने प्रतियोगिताहरु मध्ये यस प्रतियोगिताको पुरस्कार राशी अहिलेसम्म कै सबैभन्दा धेरै रहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार अमेरिकी डलर हात पार्नेछ भने उपविजेताले ७ हजार अमेरिकी डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
अमेरिकाको डालास, टेक्सासमा हुने तीन दिने प्रतियोगिताको टिमदर्ता शुलक १२ सय अमेरिकी डलर तोकिएको पनि आयोजकले जानकारी दियो ।
डालास गुर्खाज, डिएफडब्ल्यु हिमालयज एफसी र रोयल नेपालको संयोजनमा हुन गईरहेको प्रतियोगिता भव्यताका साथ सम्पनन गर्न आयोजकले सबैसँग आनुरोध समेत गरेको छ ।
साथै प्रतियोगिताको मिडिया पार्टनरमा गोलनेपाल डटकम पनि रहेको छ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने