News वार्ड नं. ११ लाई स्व. लालशेर राई स्मृति २३औं मेयर कपको उपाधि
गोलनेपाल

गाईघाट । स्व. लालशेर राई स्मृति २३औं मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ११ ले जितेको छ । थरुहट रंगशालामा भएको फाइनल भिडन्तमा वार्ड ११ ले वार्ड २ लाई ५–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

विजेता बनेको वार्ड नं. ११ ले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता वार्ड नं. २ ले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । वार्ड नं. ११ का सुनिल खड्का फाइनल खेलको म्यान अफ द म्याच चुनिए ।

त्यस्तै अन्य व्यक्तिगत विधातर्फ वार्ड नं. ११ का सन्दिप राई उत्कृष्ट गोलरक्षक बन्दा वार्ड नं. ११ कै प्रमिन श्रेष्ठ उत्कृष्ट रक्षक चुनिए । वार्ड नं. २ का देवराज चौधरी उत्कृष्ट मिडफिल्डर बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार वार्ड नम्बर ११ का सुनिल खड्काले हात पारे ।

त्यसैगरी उत्कृष्ट प्रशिक्षक वार्ड नं. ११ का अरुन राई चुनिंदा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी वार्ड नं. ११ का आयुब राई घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले नगद र ट्रफी हात पारे ।

उदयपुर जिल्ला फुटबल संघको आयोजना तथा त्रियुगा नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा त्रियुगा नगरपालिकाका कुल १४ वार्डका फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments