News
यु–२१ युरोः उपाधिका लागि इङल्याण्ड र स्पेन भिड्ने

काठमाडौं (एजेन्सी) । रोमानिया र जर्जियाको संयुक्त आयोजनामा जारी २४औं युइएफए यु–२१ युरो च्याम्पियनसिपको फाइनलमा पाँच पटकको विजेता स्पेन र दुई पल्टको विजेता इङल्याण्ड भिड्ने भएका छन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनलतर्फ इङल्याण्डले इजरायलमाथि ३–० को जित निकाल्यो । त्यस्तै दोस्रो सेमिफाइनलमा स्पेनले युक्रेनमाथि ५–१ को प्रभावशाली जित निकाल्दै फाइनल स्थान पक्का गरेको हो ।
फाइनल खेल शनिबार जर्जियन शहर बातुमीमा हुनेछ । प्रतियोगिता हालसम्म स्पेन र इटालीले सर्वाधिक समान ५–५ पटक जितिसकेका छन् । शनिबार हुने फाइनलमा स्पेनले जित निकाल्नै सके किर्तिमानी सर्वाधिक उपाधि जित्ने एक्लो र पहिलो टोली समेत बन्नेछ ।
इङल्याण्डले यु–२१ युरो उपाधि अन्तिमपटक सन् १९८४ मा जितेको थियो भने स्पेनले सन् २०१९ मा जितेको थियो ।
Post Comments