
काठमाडौं । फिफा विन्डोतर्फ बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न त्यसतर्फ प्रस्थान गर्ने राष्ट्रिय महिला फुटबल टोलीको सोमबार विदाई गरिएको छ ।
एन्फा कम्प्लेक्समा भएको विदाई कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नैम्वाङले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापा, कप्तान अन्जिला तुम्बापो सुब्बालाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै विदाई गरे ।
सो अवसरमा एन्फाका महासचिव किरन राई, कार्यसमिति सदस्य सरिला श्रेष्ठ मलेकु, टिकाराम लामा, एन्फा प्रवक्ता सुरेश साह लगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
स्मरण रहोस, नेपालले यही असार २८ र ३१ गतेका दिन बंगलादेशसँग ढाकामा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्दैछ ।
बंगलादेश जाने नेपाली नेपाली टोलीः
गोलकिपर्सः अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर्सः अमृता जैसी, गीता राना, हिरा कुमारी भुजेल, पुजा राना, बिमला बिक, निशा थोकर, समिक्षा घिमिरे, अञ्चली वाइबा
मिडफिल्डर्सः रेनुका नगरकोटी, सरु लिम्बु, बिमला चौधरी, अनिता बस्नेत, प्रिती राई, दिपा शाही
फरवार्डसः साबित्रा भण्डारी, अनिता केसी, सबिता राना मगर, रश्मी कुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)