बुटवल । सैनिक फुटबल क्लब जारी तेस्रो रुपन्देही कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ ।
सोमबार भएको चौथो क्वाटरफाइनलमा सैनिकले सिद्धार्थ एफसीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भयो । बुटवल–१७ स्थित रानीगंज खेलमैदानमा भएको खेलमा सैनिकका लागि निशान न्यौपाने र प्रिन्स गुरुङले गोल गरे ।
खेलमा सैनिकका सदिप केसी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत असार २६ गते मंगलबार दुई सेमिफाइनल खेलहरु हुने खेल संयोजक यम सिंजालीले जानकारी दिए । प्रहिलो सेमिफाइनलतर्फ आयोजक फुलबारी गाईज र नव शान्ती एफसी भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा सैनिक एफसी र ब्रदर्श एफसी भिड्ने छन् ।
फुलबारी गाईज, बुटवलको आयोजना तथा रानीगंज युवा क्लब, रानीगंजको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २८ गतेका दिन हुनेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने