
हेटौडा । मकवानपुर जिल्लास्तरीय यु–१६ खेलाडी छनौट कार्यक्रममा सहभागि युवा खेलाडीहरुलाई हेटौडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले मैदान मै पुगी हौसला प्रदान गरेका छन् ।
आफूलाई खेलप्रेमी समेत भन्न रुचाउने उपमेयर बानियाँले हेटौडा वार्ड नम्बर १४ का वार्ड अध्यक्ष दिपक खड्कासँग सहकार्य गरी छनौट कार्यक्रममा सहभागि बाल खेलाडीहरुलई १०० कार्टुन पिउने पानी प्रोत्साहन स्वरुप सहयोग गरेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्देशन बमोजिम पहिलो चरणको जिल्लास्तरीय छनौट कार्यक्रम मकवानपुरमा पनि जारी छ । वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा जारी छनौट कार्यक्रममा जिल्लाका १७२ खेलाडीहरु सहभागि छन् ।
जिल्लास्तरीय छनौट कार्यक्रम साउन ४ गते बिहीबार सम्पन्न हुनेछ । जिल्लाबाट छनौट भएका खेलाडीहरुलाई प्रदेशस्तरीय छनौटमा पठाइने मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।
स्मरण रहोस, भदौ १५ देखि २५ गतेसम्म भुटानमा हुन गईरहेको साफ यु–१६ च्याम्पियनसिपका लागि नेपाली टोली तयार पार्न एन्फाले अहिले देशव्यापी रुपमा खुला छनौट कार्यक्रम जारी राखेको छ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा