News
अष्ट्रेलियाः प्रथम वारियर्स कप हुने
काठमाडौं । ब्रिसबेन वारियर्स फुटबल क्लब, ब्रिसबेन, अष्ट्रेलियाको आयोजनामा आगामी नोभेम्बर ४ र ५ तारीखका दिन प्रथम वारियर्स कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
मिचेलटन फुटबल क्लबको खेलमैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टिमदर्ता पनि अहिलेबाटै खुला गरिएको आयोजकले जानकारी दियो । प्रतियोगितामा अष्ट्रेलियामा रहेका आप्रवासी नेपालीहरुको टोलीले सहभागिता जनाउन पाउने पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० हजार डलर हात पार्नेछ भने उपविजेताले ५ हजार डलर प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि ३ हजार डलर प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न