News वालिङ युनाइटेडलाई उपाधि
सुरज राना मगर

रामपुर । लाली गुराँस क्लब, रामपुर, पाल्पाको आयोजनामा सम्पन्न दोस्रो एलजी एसोसिएशन रामपुर कप खुला नकआउट फुटसल प्रतियोगिताको उपाधि वालिङ युनाइटेड, स्याङ्जाले जितेको छ ।

रामपुर–५, मटेरी, पाल्पा स्थित रामपुर फुटसल एण्ड एकेडेमीमा भएको फाइनल भिडन्तमा वालिङले टिम एलजीलाई ६–१ को फराकिलो अन्तरले हराउँदै उपाधि उचाल्न सफल भएको हो । विजेता बनेको वालिङले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता टिम एलजीले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बिशाल बिक घोषित भए । फाइनल खेलको म्यान अफ द म्याच र सर्वाधिक गोलकर्ताको पुरस्कार बिसु थापाले हात पारे । त्यस्तै उत्कृष्ट गोलरक्षक रुपेश हमाल चुनिए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ४–४ हजार र ट्रफी हात पारेको खेल संयोजक केशवराज श्रेष्ठले जानकारी दिए ।

Post Comments