News
खुमलटारको जित, पुलिस र चर्च ब्वाईजको बराबरी
काठमाडौं । यु–१६ ए डिभिजन लिगतर्फ शनिबार भएका दुई खेलहरु मध्ये एक खेलमा एफसी खुमलटारले उत्कृष्ट जित हात पार्दा अर्को खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाईज युनाइटेड रोमाञ्चक बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्समा भएको खेलमा खुमलटारले फ्रेण्डस क्लबमाथि ३–१ को प्रभावशाली जित निकाल्यो । त्यस्तै च्यासल स्टेडियमा भएको खेलमा भने पुलिस र चर्च ब्वाईजले ३–३ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडे ।
प्रतियोगिता अन्तरगत चौथो चरणका खेलहरु आउँदो साउन २० गतेदेखि शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको खेलतालिकामा उल्लेख छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न