
काठमाडौं । मलेसियामा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित जोहोर नेप्लिज फुटबल कम्युनिटी एफसीको आयोजनामा आगामी नोभेम्बर १२ र १३ तारीखका दिन जोहोर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपालीहरुको महान चाड मध्ये एक दिपावलीको अवसर पारी आयोजना हुन गईरहेको प्रतियोगितामा मलेसियामा रहेका प्रवासी नेपाली समुदायका फुटबल टोलीहरुले सहभागिता जनाउन पाउने आयोजकले जानकारी दियो । प्रतियोगितालाई सफलताका साथ सम्पन्न विभिन्न समितिहरु पनि गठन गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित २० हजार मलेसियन रिंगेट हात पार्नेछ भने उपविजेताले १० हजार मलेसियन रिंगेटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ । र प्रतियोगिताको सबै खेलहरु गोलनेपालले प्रत्यक्ष प्रसारण गर्नेछ ।