News
रोहितको टोली पेर्सिकको दोस्रो जित
काठमाडौं । पछिल्ला दुई खेलहरुमा लगातार हार बेहोरेको रोहित चन्दको टोली पेर्सिक केदिरीले लिगा वानतर्फ आफ्नो छैठौं खेलमा बिहीबार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित हात पार्ने क्रममा पेर्सिकले डिफेन्डिङ च्याम्पियन पिएसएम मकसरलाई उसकै घरमा २–१ ले हरायो ।
खेलको २७औं मिनटमा युरानको पेनाल्टी गोलबाट पिएसएमले खेलमा अग्रता बनाएको थियो । तर पेर्सिकले दोस्रो हाफमा दुई मिनटको अन्तरालमा दुई गोल गर्दै रोमाञ्चक पूनःरागमन गर्न सफल भयो ।
५२औं मिनटमा कृष्णा ओटोले पेर्सिकका लागि बराबरी गोल फर्काए भने ५४औं मिनटमा जेफिन्होले दोस्रो गोल गर्दै टोलीको महत्वपूर्ण जित पक्का गरे । खेलमा पहिलो रोजाई रहेर उत्रिएका रोहितले पूरा समय खेले र टोलीको जितमा अहम भूमिका खेले ।
पेर्सिकले आफ्नो आगामी खेल सोमबार बाली युनाइटेड युनाइटेडसँग खेल्नेछ ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने