News
पुलिस क्लब दार्जिलिङतर्फ प्रस्थान
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता खेल्न भारतको कालिम्पोङ, दार्जिलिङतर्फ प्रस्थान गरेको छ । पुलिसले कालिम्पोङमा इन्डिपेन्डेन्स कप खेल्नेछ ।
टोलीको मुख्य प्रशिक्षकमा चेतन घिमिरे रहेका छन् । त्यस्तै पुलिस क्लबसँगै टोलीका पूर्व अन्तर्राष्ट्रिय खेलाडीद्वय रबिन श्रेष्ठ र सुमन सुवेदी पनि सामेल छन् ।
हाल भारतको स्वतन्त्रता दिवस (१५ अगस्त) को अवसर पारी विभिन्न स्थानहरुमा अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिताहरु भईरहेका छन् । साथै त्यस्ता प्रतियोगिताहरुमा खेल्न र खेलाउन अहिले नेपालका अधिकांश खेलाडी तथा रेफ्रहिरु पनि भारततर्फ नै व्यस्त छन् ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न