News
प्रशिक्षक बिष्णुलाई फेवाको जिम्मेवारी
काठमाडौं । केही दिन अघि मात्र अष्ट्रेलिया पुगेका चर्चित युवा प्रशिक्षक बिष्णु गुरुङले त्यहाँ नयाँ क्लबमा प्रशिक्षकीय जिम्मेवारी पाएका छन् । स्थानीय नेपाली समुदायहरुद्वारा स्थापित फेवा फुटबल क्लबको प्रशिक्षकमा बिष्णु नियुक्त भएका हुन् ।
क्लबमा नियुक्त भएको कुरा फेवा एफसीले पनि आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पुष्टी गरेको छ । एएफसी ए लाइसेन्स प्रशिक्षक समेत रहेका बिष्णु अन्य सरह सुनिश्चित भविष्य कै लागि अष्ट्रेलिया पुगेको धेरैको बुझाई छ ।
क्लब फुटबलमा खेलाडीदेखि सफल प्रशिक्षकका रुपमा पनि आफुलाई चिनाउन सफल बिष्णुले पछिल्लो समय घरेलु फुटबलमा चर्चित मनाङ मस्र्याङ्दी क्लबको जिम्मेवारी सम्हालेका थिए । निकट स्रोतका अनुसार बिष्णुले अष्ट्रेलियामा प्रो लाइसेन्स कोर्ष पनि गर्ने बताइएको छ ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने