काठमाडौं । नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा चर्चित फरवार्ड जुमानु राई पनि सुनिश्चित भविष्यको कल्पना गर्दै विदेशिएका छन् । निकट स्रोतका अनुसार जुमानु पनि अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।
विभागीय टोली नेपाल पुलिस क्लबबाट व्यवसायीक फुटबल खेल्दै लामो समय जागिरे पनि रहेका राईले नेपालको राष्ट्रिय टोलीमा रहेर पनि लामो समय खेले । पछिल्लो समय विदेश पलायन र खासगरी अष्ट्रेलिया जाने खेलाडीहरुको सूची लम्बिदै गर्दा सोही सूचीमा अब जुमानु पनि थपिएका छन् ।
स्मरण रहोस, राष्ट्रिय फुटबल टोलीका तेज तामाङ, सन्तोष तामाङ, सुमन लामा, सुमन अर्याल, राजन गुरुङ, सुनिल बल, कमल थापा, रजिन धिमाल, बिशाल राई, सुजल श्रेष्ठ जस्ता अधिकांश खेलाडीहरु पनि अष्ट्रेलिया मै छन् । त्यसो त अष्ट्रेलिया र अन्य मुलुकमा जाने राष्ट्रियस्तरका खेलाडीहरुको सूची भने अझै लामो छ ।
नेपाली फुटबल हाँक्नेहरुको कमजोर रणनीति र फितलो व्यवस्थापनसँगै अनिश्चित भविष्य देखेपछि अहिले धेरैजसो खेलाडीहरु विदेश पलायन हुन बाध्य छन् ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने