News
फिफा रेफ्री बिक्रम चौधरीको निधन
काठमाडौं । फिफा सहायक रेफ्री बिक्रम चौधरीको शुक्रबार आकस्मिक निधन भएको छ । गत सिजन शहिद स्मारक ए डिभिजन लिग समेत खेलाएका ४० वर्षिय चौधरीको शुक्रबार बिहान नियमित अभ्यास प्रशिक्षणका क्रममा निधन भएको हो ।
सर्लाही घर भई हाल विभागीय टोली आर्मी क्लबमा जागिरे समेत रहेका रेफ्री चौधरी फिफा रेफ्रीको नियमित परीक्षा र प्रशिक्षणका क्रममा अचेत भई ढलेका थिए । उनलाई तुरुन्तै अस्पताल पुर्याइए तापनि अस्पताल मै उनको निधन भएको निकट स्रोतले जनाएको छ । उनको मृत्युको कारण भने खुलाइएको छैन ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान