News
मनिषको टोली रायोङको लगातार दोस्रो जित
काठमाडौं । थाई लिग टु मा व्यस्त नेपालका स्टार मिडफिल्डर मनिष डाँगीको टोली रायोङ फुटबल क्लबले लिगको नयाँ सिजनमा लगातार दोस्रो जित हात पारेको छ ।
शनिबार भएको सिजनको दोस्रो खेलमा रायोङले क्राबी फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो । रायोङका लागि दोस्रो हाफको ६८औं मिनटमा ब्राजिलियन फरवार्ड टायगो चुलापाले एक मात्र निर्णायक गोल गरे ।
टोलीको पहिलो रोजाई मै रहेर खेलेका मनिषले पूरा समय खेले । यो जितसँगै दुई खेलबाट ६ अंक जोडेको रायोङ दोस्रो स्थानमा उक्लेको छ र लिगलिडर नाखोन राचसँग अंक बराबरी गर्न सफल भएको छ । रायोङले आफ्नो आगामी खेल २७ अगस्त आइतबारका दिन एसान पतायासँग खेल्नेछ ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने