News
नव जीवन र राधाकृष्ण (बी) सेमिफाइनलमा
बुटवल । नव जीवन एफसी र आयोजक राधाकृष्ण एफसी (बी) यहाँ जारी राधाकृष्ण कप यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुटवल–९ स्थित नयाँ बसपार्क खेलमैदानमा भएको क्वाटरफाइनलतर्फ नव जीवनले नयाँगाउँ रोयल्स क्लबलाई १–० ले हरायो । नव जीवनका लागि करन अधिकारीले एक मात्र निर्णायक गोल गरे ।
त्यस्तै शनिबार नै भएको अर्को क्वाटरफाइनलमा राधाकृष्ण (बी) ले सोल्टी युनाइटेडलाई २–० ले हरायो । राधाकृष्णका लागि रोहन राई र सुजल थापाले गोल गरे ।
राधाकृष्ण फुटबल क्लब, बुटवलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भदौ ४ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन