बुटवल । जारी राधाकृष्ण कप यु–१८ फुटबल प्रतियोगिता अन्तरगत आइतबार भएको पहिलो सेमिफाइनलमा नव जीवन एफसीले आयोजक राधाकृष्ण एफसी (ए) लाई १–० ले हराउँदै फाइनलमा प्रवेश गरेको छ । बुटवल–९ स्थित नयाँ बसपार्क खेलमैदानमा भएको खेलमा नव जीवनका लागि ज्ञान अधिकारले एक मात्र निर्णायक गोल गरे ।
त्यस्तै आइतबार नै भएको दोस्रो सेमिफाइनल खेलमा जन शान्ति एफसीले आयोजक कै राधाकृष्ण (बी) लाई २–० ले हरायो । तर जित हात पारेको टोली जन शान्तिले नियम विपरित बढी उमेरको खेलाडी खेलाएको पाइएकोले प्रोटेस्ट हालिएको खेल संयोजक अभिषेक खड्गीले बताए ।
साथै जन शान्तिलाई भदौ ४ गते १२ बजेसम्म आवश्यक प्रमाणसहित मैदानमा उपस्थित हुन पनि संयोजक खड्गीले जानकारी दिए । तोकिएको समयभित्र पनि जनशान्तिले प्रमाण जुटाउन नसके आयोजक राधाकृष्ण (बी) लाई विजयी घोषणा गरिने पनि आयोजकले जानकारी दियो ।
राधाकृष्ण फुटबल क्लब, बुटवलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भदौ ४ गतेका दिन हुनेछ ।
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन