News
इलेभन स्टार फाइनलमा

करमगाछी । झिनो अन्तरको जितका साथ आयोजक इलेभन स्टार फुटबल क्लब यहाँ जारी इलेभन स्टार च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पहिलो सेमिफाइनलतर्फ इलेभन स्टारले फ्युजन फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । इलेभन स्टारको जितमा समिर राईले एक मात्र निर्णायक गोल गरे ।
निर्णायक गोलकर्ता राई नै खेलको म्योन अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५०० र मेडल हात पारे । प्रतियोगिता अन्तरगत भदौ १२ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल शिशुबारी फुटबल क्लब र साउने फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।
इलेभन स्टार फुटबल क्लब, करमगाछी, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ ।
Post Comments