News
उत्कृष्ट जितका साथ पाकिस्तान सेमिफाइनलमा
काठमाडौं । लगातार दोस्रो र उत्कृष्ट जित निकाल्दै पाकिस्तान जारी साफ यु–१६ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
समूह बी तर्फ आफ्नो पहिलो खेलमा आयोजक भुटानलाई २–१ ले हराएको पाकिस्तानले सोमबार माल्दिभ्समाथि ३–० को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गर्यो । समूह बी बाट अब बुधबार हुने भुटान र माल्दिभ्सको खेलबाट सेमिफाइनलमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।
स्मरण रहोस, समूह ए तर्फ आज नै नेपाली समयअनुसार ६ः४५ बजेदेखि नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशको सामना गर्दैछ । त्यस्तै नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार भारतसँग खेल्नेछ ।
प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल